Kathmandu Press

प्रतिनिधिसभाको बैठक फागुन २२ गते बस्नेगरी स्थगित

काठमाडौं, फागुन १८ : प्रतिनिधिसभाको आज (बुधबार) को बैठक फागुन २२ गते आइतबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ।प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै...
प्रतिनिधिसभाको बैठक फागुन २२ गते बस्नेगरी स्थगित

काठमाडौं, फागुन १८ : प्रतिनिधिसभाको आज (बुधबार) को बैठक फागुन २२ गते आइतबार दिनको १ बजे बस्नेगरी स्थगित भएको छ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेर अवरुद्ध पारेका थिए।

एमालेको अवरोधबीच प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्यय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्।

प्रकाशित मिति: १३:२४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्