Kathmandu Press

प्रतिनिधिसभा बैठकमा एमालेकाे अवरोध कायमै

काठमाडौं, फागुन १८ : आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा पनि एमालेले अवरोध गरेको छ।प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गदैृ वेल घेराउ...
प्रतिनिधिसभा बैठकमा एमालेकाे अवरोध कायमै

काठमाडौं, फागुन १८ : आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा पनि एमालेले अवरोध गरेको छ।

प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले नाराबाजी गदैृ वेल घेराउ गरेर बैठक अवरुद्ध पारेका हुन्।

प्रतिनिधिसभाको फागुन १५ गतेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको थियो। त्यसपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको थियो।

एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटले सूचना निकालेर पदमुक्त नगरेसम्म बैठक सुचारु हुन नदिने अडान राख्दै आएको छ। सभामुखले ती सांसदलाई हटाउन नसके आफैले मार्गप्रशस्त गर्नुपर्ने माग एमालेको छ। 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

प्रकाशित मिति: १३:११ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्