सुनको मूल्य तोलाको १९ सय रुपैयाँले वृद्धि, चाँदीमा ४० रूपैयाँ बढ्याे
काठमाडौं, फागुन १८ : अघिल्लो दिनको तुलनामा आज (बुधबार) सुनको मूल्य तोलाको १९ सय रुपैयाँले वृद्धि भएको छ। सुनको यो मूल्य यो वर्षकै उच्च...
काठमाडौं, फागुन १८ : अघिल्लो दिनको तुलनामा आज (बुधबार) सुनको मूल्य तोलाको १९ सय रुपैयाँले वृद्धि भएको छ। सुनको यो मूल्य यो वर्षकै उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ। मंगलबार तोलाको ९७ हजार ६ सयमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि तोलाको ४० रुपैयाँले उकालो लागेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको छ। मंगलबार चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको महासंघले बताएको छ।
प्रकाशित मिति: १२:५१ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











