माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार बस्ने
काठमाडौं, फागुन १८ : माओवादी केन्द्रले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक डाकेको छ।बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, स्थानीय...
काठमाडौं, फागुन १८ : माओवादी केन्द्रले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक डाकेको छ।
बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायत विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताए।
उनले केन्द्रीय पदाधिकारी चयन, कार्यविभाजन, आगामी निर्वाचनबारे छलफल हुने जानकारी दिए। स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायत विषय पनि छलफलको एजेन्डा बन्ने उनले बताए।
गत पुसमा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको थियो। सो अधिवेशनले केन्द्रीय समिति निर्धारण गरे अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन बाँकी छ।
महासचिव चयनमा सकस देखिएपछि महाधिवेशनको हलले पदाधिकारी टुंग्याउने जिम्मा केन्द्रीय कमिटीको पहिलो बैठकलाई दिएको थियो। तर आन्तरिक विवादका कारण पहिलो बैठकमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन।
एमसिसीका कारण पार्टीमा पैदा भएको असन्तुष्टिबारे पनि छलफल हुन सक्ने जनाइएको छ।
माओवादी केन्द्रको बैठक गत पुस २५ यता पटकपटक सर्दै आएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)