Kathmandu Press

ओलीलाई रावलको जवाफ : देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए खुसी हुन्थें 

काठमाडौं, फागुन १८ : नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। एमसिसीबारे धारणा सार्वजनिक गर्न क्रममा एमाले अध्यक्ष ओलीले रावललाई...
ओलीलाई रावलको जवाफ : देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए खुसी हुन्थें 

काठमाडौं, फागुन १८ : नेकपा एमालेका नेता भीम रावलले आफू पार्टीको सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। 

एमसिसीबारे धारणा सार्वजनिक गर्न क्रममा एमाले अध्यक्ष ओलीले रावललाई हिरो बन्न खोजेको आरोप लगाएका थिए। पार्टीको अध्यक्ष ओलीले संसदीय दलको निर्णयविरुद्ध भीम रावलले रोष्ट्रम प्रयोग गरेर हिरो बन्न खोजेको ओलीको भनाइ थियो। 

ओलीको अभिव्यक्तिलाई सामाजिक सञ्जालबाट जवाफ दिँदै रावलले आफू राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताए। 

उनले देशको पक्षमा बोलेर महाहिरो बन्न समेत ओलीलाई चुनौती दिएका छन्। पार्टी र व्यक्तिगत स्वार्थभन्दा देश धेरै माथि हुने पनि उनले बताएका छन्। 

‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया,’ उनले लेखेको छन्। 

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्