Kathmandu Press

बाइडनले पुटिनलाई दिए तानाशाहको संज्ञा 

वसिङ्टन, फागुन १८ : अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तानाशाहको संज्ञा दिएका छन्।युक्रेनमाथि सुनियोजित आक्रमण गरेर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ।...
बाइडनले पुटिनलाई दिए तानाशाहको संज्ञा 

वसिङ्टन, फागुन १८ : अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तानाशाहको संज्ञा दिएका छन्।

युक्रेनमाथि सुनियोजित आक्रमण गरेर पुटिनले गल्ती गरेको बाइडेनको भनाइ छ। यस्तो अतिक्रमणको मूल्य पुटिनले चुकाउनुपर्ने पनि उनले बताएका छन्।

संसदमा सम्बोधन गर्दै बाइडेनले पश्चिमा देशहरुलाई विभाजन गर्न सक्ने पुटिनको गलत आकलन रुस आफैं एक्लिएको दाबी पनि उनले गरे।

रुसी सेनाले राजधानी किभलाई पनि घेरेर आक्रमण गरिरहेको छ। रुसले आफ्ना नागरिकलाई १० हजार अमेरिकी डलरभन्दा बढी नगद लिएर देशबाहिर जान प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ।

प्रकाशित मिति: १२:११ बजे, बुधबार, फागुन १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्