Kathmandu Press

महामन्त्रीमा पराजित भएकी रेखा थापा केन्द्रीय सदस्य मनोनित 

काठमाडौंं, फागुन १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। एकता महाधिवेशनबाट महामन्त्रीमा पराजित भएकी रेखा थापालाई पनि...
महामन्त्रीमा पराजित भएकी रेखा थापा केन्द्रीय सदस्य मनोनित 

काठमाडौंं, फागुन १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जना केन्द्रीय सदस्य मनोनित गरेका छन्। 

एकता महाधिवेशनबाट महामन्त्रीमा पराजित भएकी रेखा थापालाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। मनोनीत हुने १४ जनाको तेस्रो नम्बरमा रेखा थापाको नाम छ।

अन्य केन्द्रीय सदस्यहरुमा लीलादेवी श्रेष्ठ, विन्दु पौडेल,  प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा रहेका छन्। 

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।


 

प्रकाशित मिति: ११:३६ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्