Kathmandu Press

हात्तिवनमा नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडौं, फागुन १८ : एमसिसी पास गर्न प्रचण्डले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच...
हात्तिवनमा नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडौं, फागुन १८ : एमसिसी पास गर्न प्रचण्डले भूमिका खेलेको भन्दै विरोधमा उत्रिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेरे विप्लवले भेटवार्ता गरेका हुन्। भेटमा संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रियताको पक्षमा रहेकाहरु एक जुट हुनुपर्ने विषयमा कुराकानी भएको छ। 

एमसिसीका कारण पार्टीमा मतभेद उत्पन्न भएपछि मंगलबार प्रचण्ड पनि हात्तिवन पुगेका थिए। श्रेष्ठसँगको भेटघाटमा एमसिसीमा मतभेद भएपनि अरु विषयमा मिलेर जान आग्रह गरेका थिए। 

जवाफमा श्रेष्ठले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेतापनी पत्रकार सम्मेलनमार्फत प्रचण्डले नै निस्केर जाने भए जाओ भनेप्रति गुनासो राखेका थिए।

पार्टीको निर्णयविपरित एमसिसी पास गर्न प्रचण्डले भूमिका खेलेको भन्दै माओवादी केन्द्रका थुप्रंै प्रभावशाली नेताहरु असन्तुष्ट बनेका छन्। उनीहरुले छलफललाई पनि तीव्रता दिएका छन्। 

प्रकाशित मिति: १०:२६ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्