Kathmandu Press

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनबीच टेलिफोन वार्ता भएको छ।प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिकनले फोन गरेका हुन्।...
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं, फागुन १८ : प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनबीच टेलिफोन वार्ता भएको छ।

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्री ब्लिकनले फोन गरेका हुन्। टेलिफोन वार्तामा युक्रेनमाथिको रुसीका आक्रमणका विषयमा छलफल भएको छ,

अमेरिकी विदेशमन्त्री ब्लिकनले ट्वीट गर्दै युक्रेनमाथिको रुसी आक्रमणका विषयमा छलफल भएको जनाएका छन्। उनले भनेका छन्, ‘आज नेपालका प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी भयो। रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि दुई देशको समर्थनका विषयमा छलफल भयो।'

यससँगै नेपालको आर्थिक विकास र क्षेत्रीय चुनौतीका विषयमा पनि छलफल भएको उनले जनाएका छन्। उनले भनेका छन्, 'आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामाना गर्न मिलेर काम गर्ने विषयमा कुराकानी भयो।'

 

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, फागुन १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्