आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, फागुन १८ : आज दिउसो संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।प्रतिनिधिसभाको फागुन १५ गतेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता...
काठमाडौं, फागुन १८ : आज दिउसो संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।
प्रतिनिधिसभाको फागुन १५ गतेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता पारित गरेको थियो। त्यसपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्न लागेको हो।
आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने रहेको छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आजको बैठकमा पनि विरोध जारी राख्ने भएको छ। सभामुखको राजनीमाको माग गर्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ।
प्रकाशित मिति: ०६:५४ बजे, बुधबार, फागुन १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)