आईओसीले बढाएसँगै नेपालमा पनि पुनः इन्धनको मूल्य बढ्ने !
काठमाडौं, फागुन १७ : भारतीय आयात कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । फागुन १७ (मार्च १) गते प्राप्त नयाँ मूल्यसूचीअनुसार आईओसीले पेट्रोलियम...
काठमाडौं, फागुन १७ : भारतीय आयात कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।
फागुन १७ (मार्च १) गते प्राप्त नयाँ मूल्यसूचीअनुसार आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ ।
यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ । प्राप्त नयाँ मूल्य सूचीअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर २०.५२ रुपैयाँ, डिजेलमा १६ रुपैयाँ र एलपीजी ग्याँसमा ६६५ रुपैयाँ घाटा हुने बताइएको छ ।
यस हिसाबले निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड र मासिक ६ अर्ब १८ करोड घाटा हुने निगमको भनाइ छ । मूल्य सूची बढेर आएसँगै पेट्रोलको खरिद लागत प्रतिलिटर १६५.५२ रुपैयाँ, डिजेलको खरिद लागत १४४.०८ रुपैयाँ र एलपीजी ग्याँसको खरिद लागत प्रतिसिलिन्डर २२४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निगमले घाटा चुलिँदै जाँदा पूर्वाधार निर्माणका नयाँ कामहरू सबै स्थगित गर्ने तयारी रहेको र पेट्रोलियम पदार्थ खरिदबापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन रहेको उल्लेख गरेको छ ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)