एमसिसीविरुद्ध ६ कम्युनिष्ट पार्टीका आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं, फागुन १६ : ६ वटा कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसिसी संसदबाट पास भएको फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले देउवा सरकार, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले नेपाली जनताको विरोध आन्दोलनका खिलापमा अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको आरोप समेत लगाएका छन् ।
यस्तै उनीहरुले आगामी चैत ६ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरिएको छ। फागुन २० गतेदेखि विरोध प्रदर्शन, विरोध सभालगायतका विभिन्न कार्यक्रम तोकिएको छ।
प्रकाशित मिति: १९:३० बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)