Kathmandu Press

रूस–युक्रेन युद्ध : रूसको विश्वकप यात्रा अनिश्चित

पेरिस, फागुन १७ : रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ।विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च...
रूस–युक्रेन युद्ध : रूसको विश्वकप यात्रा अनिश्चित

पेरिस, फागुन १७ : रूस र युक्रेनबीचको युद्धको असर खेलकुद क्षेत्रमा पनि देखिने भएको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले रुसलाई निलम्बन गरेसँगै रूसको विश्वकप यात्रा अनिश्चित बनेको हो। रूसले युक्रेनमा सैन्य आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै फिफा र यूएफाले रुसलाई अन्तराष्टिय फुटबलका सम्पूर्ण गतिविधिबाट निलम्बन गरेको एक विज्ञप्तिमार्फत् जानकारी गराइएको छ।

रूसको राष्ट्रिय टिमसँगै व्यवसायिक फुटबल क्लबहरुसमेत अर्को सूचना नआएसम्मको लागि निलम्बनमा परेका छन्। फिफाको निलम्बन परेपछि परेमा रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोट अन्तर्गत प्ले अफ खेल गुमाउनेछ। यसैबीच पोल्याण्डले रूसको यूक्रेनमाथिको आक्रमणविरूद्ध यूक्रेनी पक्षसँग सदासयता देखाउँदै आफूले रूससँग नखेल्ने घोषणा गरिसकेको छ।

फिफाले आइतबार मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गान बिना अन्तराष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: १९:०९ बजे, मंगलबार, फागुन १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्