Kathmandu Press

यूक्रेनमा दश लाख व्यक्ति विस्थापित

यूक्रेनमा दश लाख व्यक्ति विस्थापित

स्टकहोल्म, फागुन १७ : रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ। विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको छ।

'छिमेकी देशहरूमा भाग्नेहरूको सङ्ख्यालाई बढी ध्यान दिइएको छ, तर यो सम्झनु महत्वपूर्ण छ कि सबैभन्दा ठूलो सङ्ख्या यूक्रेनभित्र नै विस्थापित अवस्थामा रहेका छन्,' यूक्रेनका लागि यूएनएचसीआर प्रतिनिधि कारोलिना लिन्डहोम बिलिङले बताए।

Hardik ivf

'यूक्रेनभित्र विस्थापित मानिसहरूको संख्याबारेमा हामीसँग अझै भरपर्दो तथ्याङ्क छैन, तर हाम्रो अनुमानमा लगभग दश लाख व्यक्ति आन्तरिकरूपमा विस्थापित छन्। आक्रमण क्षेत्रबाट भागेका मानिसहरूले ठाउँठाउँमा खुला आकाशमुनि रात बिताएका छन् भने केहीले यूक्रेनबाट बाहिरिने आशमा रेल, बस वा कारमा यात्रा गरिरहेका छन्।'

यूएनएचसीआरले हाल युद्धग्रस्त देशको सिमानाभित्र सहायता बढाउन प्रयास गरिरहेको छ।

विस्थापित जनतालाई बास वा खुवाउनु पर्ने आवश्यकता उल्लेख गर्दै उनले भने, 'वास्तवमै यूक्रेनमा मानवीय सहयोगको आवश्यकता छ।'

जेनेभामा युएनएचसीआरले दिएको रिपोर्टमा छ लाख ६० मानिसहरू यूक्रेनबाट छिमेकी देशहरूमा भागिसकेका छन्। उक्त तथ्याङ्क ‘तीव्र गतिमा’ बढिरहेको यूएनएचसीआरले जनाएको छ।

प्रवक्ता शाबिया मान्टुले संवाददाताहरूसँग भने, 'अहिले हामीसँग सम्पर्कमा आएका छ लाख ६० हजारभन्दा बढी शरणार्थीहरू छन् जो विगत छ दिनमा मात्रै युक्रेनबाट छिमेकी देशहरूमा भागेका हुन्।'

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्