बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा के छ ?
काठमाडौं, फागुन १७ : प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूची सार्वजनिक...
काठमाडौं, फागुन १७ : प्रतिनिधिसभाको बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संसद सचिवालयले बुधबार बस्ने बैठकका लागि सम्भावित सूची सार्वजनिक गरेको हो ।
कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् ।
यस्तै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।
प्रतिनिधिसभाको बैठक बुधबार एक बजे बस्दै छ ।
प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)