Kathmandu Press

वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडाैं, फागुन १७ : सुर्खेतको वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। साेमबार बेलुकी ८ बजेदेखि लागु गरिएकाे कर्फ्यू हटाएर निषेधाज्ञा लागु गरिएकाे हाे।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो।

‘कर्फ्यूलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरेका छौं। आज अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको छ’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने।

प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्