नारायणकाजीलाई भेट्न हात्तिवन पुगे प्रचण्ड
काठमाडौं, फागनु १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेटन् हात्तीवन पुगेका छन। एमसिसीका कारण पार्टी विवाद उत्पन्न भएपछि...
काठमाडौं, फागनु १७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीका नेता नारायणकाजी श्रेष्ठलाई भेटन् हात्तीवन पुगेका छन।
एमसिसीका कारण पार्टी विवाद उत्पन्न भएपछि छलफलबाट समाधान गर्नका लागि प्रचण्ड श्रेष्ठनिवास हात्तिवन पुगेका हुन्।
एमसिसी संसदबाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठ विरोधमा उत्रिएका थिए। श्रेष्ठसँगै अन्य सांसदहरुले विद्रोह गर्ने बताएपछि विवाद समाधान गर्नका लागि प्रचण्ड हात्तिवन पुगेका हुन्।
एमसीसी पारित हुँदा पार्टीभित्र र संसद्मा समेत गिरिराजमणि पोखरेल, अञ्जना बिसंखे लगायतका नेताहरूले असहमति जनाएका थिए । नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल लगायतले पार्टीको बैठकमा असहमति जनाएका थिए ।
यही असन्तुष्टिलाई मत्थर पार्न र नारायणकाजीलाई फकाउन प्रचण्ड मंगलबार दिउँसो हात्तीवन गएका हुन्।
प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)