४ हजार नूमना परीक्षण गर्दा १५८ जनामा संक्रमण पुष्टि
काठमाडौं, फागुन १७ : नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर...
काठमाडौं, फागुन १७ : नेपालमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ हजार ४ सय ५८ पिसिआर परिक्षणका क्रममा ९२ जना र २ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३८ जनाको मृत्यु भएको छ ।
त्यस्तै थप ३ सय ५४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार १ सय ६७ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)