Kathmandu Press

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै आशङ्का हटे : अध्यक्ष नेपाल

काठमाडौं, फागुन  १७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका...
व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै आशङ्का हटे : अध्यक्ष नेपाल

काठमाडौं, फागुन  १७ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै यससम्बन्धीको आशङ्का हटेको बताएका छन्। 

एमसिसी अनुमोदनसँगै उठेका आशङ्कामाथि प्रस्ट्याउन आज आयोजित पत्रकार सम्मेलनमा उनले एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणापछि आफ्नो पार्टी एमसिसीको पक्षमा उभिएको बताएका छन्। 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले संविधान र संसद्को सर्वोच्चता कायम तथा विधिको शासन स्थापित गर्न गठबन्धनमा आबद्ध दलहरु एमसिसीका सन्दर्भमा जनमानसमा देखिएका आशङ्का निवारण गर्ने गरी व्याख्यात्मक घोषणासहित सम्झौतालाई अनुमोदन गर्ने निर्णयमा पुगिएको बताए । ‘एमसिसीका सम्बन्धमा स्पष्ट भएर अगाडि जानुपर्छ भनेर पार्टीले संस्थागत निर्णय गरेको हो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएपछि मात्र यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो,’ उनले भने।
 
अध्यक्ष नेपालले एमसिसी सम्झौताका कतिपय शङ्का र दोहोरो अर्थ लाग्ने विषयका बारेमा स्पष्ट निरुपण नगरी यथास्थितिमा अनुमोदन गरिनु हुँदैन भनेर आफ्नो पार्टीले दृढ अडान लिएका कारण व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता संसद्बाट अनुमोदन हुने अवस्थामा सिर्जना भएको बताए। 

व्याख्यात्मक घोषणाप्रति आलोचना गर्नेलाई उहाँले अन्तर्राष्ट्रिय कानूनसम्बन्धी ज्ञान नभएको भनी टिप्पणी गरे । नेपालका छिमेकी तथा मित्र राष्ट्रसँगको सहकार्य गर्दै मुलुकलाई समृद्ध बनाइने उनको भनाइ छ । ‘सबै मित्र राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौँ, उनीहरुको सहयोग लिएर मुलुकको विकास गर्न चाहन्छौँ,’ उनले भने।  

व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएसँगै मुलुक अगाडि बढेको उल्लेख गर्दै उनले आफूहरुलाई निमिट्यान्न पार्ने षडयन्त्र चकनाचुर भएको बताए। ‘पछिल्ला दुई हप्तादेखिका षडयन्त्र एकै चुड्कीमा समाप्त भएका छन्, फागुन १ गते हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षडयन्त्र रचिएको थियो,’ अध्यक्ष नेपालले भने, ‘ तर ती षडयन्त्र सफल हुन सकेन।’
 

चीनको चासो स्वाभाविक

अध्यक्ष नेपालले नेपालको भूमिबाट चीनलाई कुनै खतरा हुन्छ भनेर चासो व्यक्त गर्नु स्वाभाविक भएको बताउनुभयो । “नेपालको भूमिबाट चीन र भारतले आफूहरु विरोधी गतिविधि हुन्छ कि भनेर चासो राख्नुलाई हामी अस्वाभाविक मान्दैनौँ, नेपाल असंलग्न परराष्ट्र नीति अँगाल्ने देश हो भनेर हामी भन्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “नेपालको भूमि शान्ति भूमि हो, अशान्त हुन सक्दैन, नेपाल कुनै पनि गतिविधिमा संलग्न हुँदैन । नेपालबाट छिमेकी ढुक्क भए हुन्छ । हामी त्यस्तो हुन दिँदैनौँ ।”
     

भामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ

अध्यक्ष नेपालले सभामुख अग्निप्रसाद सापकोटाले घुँडा टेक्ने कुरै नभएको बताउनुभएको छ । उहाँले सभामुखको पक्षमा एकीकृत समाजवादी पार्टी दृढतापूर्वक उभिने बताउनुभयो । “सभामुखले खुरुक्क राजीनामा दिने रु यो कुरा केपी ओलीले नचिताए हुन्छ”, उहाँले भन्नुभयो, “हामी सभामुखको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।”

सभामुखले संसद् र सांसदहरुको अधिकारको रक्षा गरिरहनुभएको उहाँको टिप्पणी थियो । सभामुखमाथि अनुचित आरोप नलगाउन पनि उहाँले एमालेलाई चेतावनी दिनुभयो । “सभामुखप्रति अपमानजनक व्यवहार गर्ने, सभामुखको गरिमाको रक्षा गर्नुपर्दैन रु”, प्रश्न गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “एमालेको यो प्रवृत्ति गलत छ ।” 

प्रकाशित मिति: १६:४३ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्