Kathmandu Press

खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

बोगटा, फागुन १७  : कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने...
खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

बोगटा, फागुन १७  : कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो। 

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन्। 

ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ। 

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, फागुन १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्