Kathmandu Press

एमसिसीबारे धारणा सार्वजनिक गर्दै एमाले, दिउँसो १ बजे पत्रकार सम्मेलन

एमसिसीबारे धारणा सार्वजनिक गर्दै एमाले, दिउँसो १ बजे पत्रकार सम्मेलन

काठमाडौं, फागुन १७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसिसीबारे धारणा सार्वजनिक भएको छ। संसदबाट एमसिसी अनुमोदन भइसकेपछि मात्र एमालेले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मंगलबार पत्रकार सम्मेलनमार्फत एमसिसीबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्। 

एमसिसीसँगै देशको समसामयिक राजनीतिक अवस्थाबारे धारणा राख्न दिउँसो १ बजे पत्रकार सम्मेलनको तयारी गरेको छ । तीनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन राखिएको  रिजालले जानकारी दिएका छन्। 

यसअघि एमसिसी परियोजनाका बारेमा सत्तारुढ गठबन्धन दलले धारणा राखेपछि मात्र आफूहरुको धारणा राख्ने एमालेले बताउँदै आएको थियो। तर एमसिसी पारित भएको दुई दिनपछि मात्रै एमालेले त्यसबारेमा पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो। 

प्रकाशित मिति: १०:५९ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्