राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार
काठमाडौं, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक...
काठमाडौं, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल गरिने महामन्त्री भुवन पाठकले जानकारी दिए। उक्त बैठक बस्नु अगाडि बुधबार नै पदाधिकारी बैठक बोलाइएको छ।
देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक बोलाएको हो । नेता सुन्दर पाण्डेका अनुसार पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे देशभर घरदैलो कार्यक्रम गरी आम नागरिकलाई सुसूचित गरिने छ ।
पाँच प्रदेशस्तरीय विस्तारित बैठक हालै सम्पन्न गरेको पार्टीले नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षणसमेत दिएको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)