कांग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल निर्वाचित
सिन्धुली, फागुन १७: नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन्।सभापति पदका उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन्।...
सिन्धुली, फागुन १७: नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन्।
सभापति पदका उम्मेदवार उज्ज्वल बराललाई पराजित गर्दै पोख्रेल निर्वाचित भएका हुन्। उनले ८८५ तथा बरालले ४७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लेखतबहादुर खड्काले जानकारी दिए।
जिल्ला सभापतिका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएकामा आइतबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त प्राप्त गर्न नसकेपछि आज पुनः मतदान गरिएको थियो। पुनः मतदान गरिँदा एक हजार ३७१ मत खसेको थियो। नौ मत भने बदर भएको थियो।
यसअघि सभापति पदका लागि आइतबार भएको मतदानमा पोखरेलले ४८३, बरालले ४२७, प्रेमचन्द्र दाहालले ३६१, खड्गबहादुर वाइवाले १०१ र विश्वनाथ कोइरालाले १६ मत प्राप्त गरेका थिए।
जिल्ला अधिवेशनमा सहभागी हुने एक हजार ५३५ जना मतदाता रहेकामा एक हजार ४४० मत खसेको थियो भने ५१ मत बदर भएको थियो।
निर्वाचित पोख्रेल नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति, तरुण दलको जिल्ला अध्यक्ष, संस्थापक निर्वाचित नगर सभापति, पार्टीको प्रवत्ता, पार्टी सचिव भएका थिए।
यस्तै उपसभापति दुई, सचिव दुई, सहसचिव दुई, जनजाति आदिवासी सदस्य चार, दलित महिला सदस्य एक, दलित सदस्य एक, सदस्य अल्पसङ्ख्यक वा अपाङ्गता भएको सदस्य एक, हरेक स्थानीय तहबाट महिला र खुल्ला सदस्य पदका लागि भएको मतदानको मत गणना भइरहेको छ।








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)