Kathmandu Press

आगामी बुधबार एनआरएनए केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं, फागुन १६ : गैरआवासीय नेपाली संघ (एनआरएनएं ले केन्द्रीय समितिको बैठक बोलाएको छ । संघको ८२ औं बैठक आगामी बुधवार (मार्च २ तारिख)...
आगामी बुधबार एनआरएनए केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं, फागुन १६ : गैरआवासीय नेपाली संघ (एनआरएनएं ले केन्द्रीय समितिको बैठक बोलाएको छ । 

संघको ८२ औं बैठक आगामी बुधवार (मार्च २ तारिख) भर्चुअल माध्यमबाट बस्न लागेको संघका महासचिव डा. हेम राज शर्माले बताए । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने सो बैठकको लागि महत्वपूर्ण एजेण्डाहरु प्रस्ताव गरिएको छ ।

जसमा गैरआवासीय नेपाली संघको सदस्यता शुल्क नतिर्ने युके, अमेरिका, क्यानाडा र अष्ट्रेलिया राष्ट्रिय समितिहरु, महाधिवेशन प्रतिनिधि विवाद मिलाउन संघका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समिति, संरक्षक परिषद् र निर्वाचन अनुगमन समिति, संघ र परराष्ट्र मन्त्रालयबीच रहेको अदालतको मुद्दा, रुस – युक्रेनबीचको युद्ध पिडित नेपालीहरुको उद्धार र संघको १० औं महाधिवेशन तयारीका सम्बन्धमा छलफल हुने जनाईएको छ । 

संघको नयाँ नेतृत्वको लागि मार्च २१ र २२ तारिख निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्