Kathmandu Press

सुर्खेतमा कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं, फागुन १६ : नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी...
सुर्खेतमा कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं, फागुन १६ : नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ । 

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले सुर्खेतको वीरेन्द्रनगरमा रहेको सत्तारुढ दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तासाझेदार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेका हुन् । 

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् । त्यस्तै उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत तोडफोड गरेका छन् ।  

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीले भीडलाई तितरबितर पार्न केही राउन्ड अश्रुग्यास प्रहारसमेत गरेको छ ।

प्रकाशित मिति: २०:२५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्