एमसीसी अनुमोदन गर्न सहयोग गर्ने सम्पूर्णलाई सरकारले दियो धन्यबाद
काठमाडौं, फागुन १६ : सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने सम्पूर्णमा धन्यबाद दिएको छ...
काठमाडौं, फागुन १६ : सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने सम्पूर्णमा धन्यबाद दिएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुख र सम्पूर्ण सांसद लगायत सबैलाई धन्यबाद दिएको हो ।
यस्तै सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत, चीन लगायत अन्य कुनै पनि मित्र राष्ट्रको विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार प्रतिवद्ध रहेको पनि सरकारले जनाएको छ ।
प्रकाशित मिति: १९:०५ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)