Kathmandu Press

पाकिस्तानमा सडक दुर्घटनामा ५ जनाको मृत्य, २८ घाइते

इस्लामावाद, फागुन १६ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई  छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु  भएको छ भने अन्य २८ जना घाइते भएको...
पाकिस्तानमा सडक दुर्घटनामा ५ जनाको मृत्य, २८ घाइते

इस्लामावाद, फागुन १६ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई  छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु  भएको छ भने अन्य २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पिसिन जिल्लामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका छन्।

उक्त बस देशको पूर्वी शहर लाहोरबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटातर्फ  जाँदै गरेको बताइएको छ।

यसबाहेक पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा दुई तीव्र गतिका ट्रकहरू राजमार्गमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

उद्धारकर्मीहरूले पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको बताएका छन्।

प्रकाशित मिति: १८:२० बजे, सोमबार, फागुन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्