Kathmandu Press

युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की

किभ, फागुन १६ : युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको...
युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की

किभ, फागुन १६ : युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भन्नु भएको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।

सो अवसरमा जोनसनले बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन्।

यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो। यद्यपि, युक्रेनी सेनाले भने सोमबार कीभको अवस्था अझै नियन्त्रणमा रहेको बताएको छ।

पछिल्लो घटनाक्रम अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा रुसी पक्षसँग वार्ताका लागि आइपुगेको स्पुतनिकले जनाएको छ।

प्रकाशित मिति: १८:१६ बजे, सोमबार, फागुन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्