Kathmandu Press

'बेलारुसका राष्ट्रपति र रुसी केन्द्रीय बैंकलाई जापानले प्रतिबन्ध लगाउने'

'बेलारुसका राष्ट्रपति र रुसी केन्द्रीय बैंकलाई जापानले प्रतिबन्ध लगाउने'

टोकियो, फागुन १६ :  जापानले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई प्रतिबन्ध लगाउने र मस्कोले युक्रेनमा गरेको आक्रमणलाई लिएर रुसको केन्द्रीय बैंकसँगको व्यापार सीमित गर्ने प्रधानमन्त्री फुमियो किशिदाले सोमबार बताएका छन्।

'यस आक्रमणमा बेलारुसको स्पष्ट संलग्नता देखिएकाले हामी राष्ट्रपति लुकासेन्को र अन्य व्यक्ति र संस्थाहरू र निर्यात नियन्त्रण उपायहरू विरुद्ध प्रतिबन्धहरू लगाउँनेछौं,' किशिदाले युक्रेनसँग वार्तापछि सो टिप्पणी गरेका छन्।

'अन्तरराष्ट्रिय समुदायमा रुस विरुद्धको आर्थिक प्रतिबन्धको व्यवहार बढाउनको लागि हामीले रूसको केन्द्रीय बैंकसँगको कारोबारलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छौं,' किशिदाले थपे।

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, फागुन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्