Kathmandu Press

जिटुजीमार्फत भारतले नेपाललाई रासायनिक मल दिने सम्झौता

काठमाडौं, फागुन १६ : भारतबाट जिटुजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ।आज सोमबार दुई देशका अधिकारीहरुबीच...
जिटुजीमार्फत भारतले नेपाललाई रासायनिक मल दिने सम्झौता

काठमाडौं, फागुन १६ : भारतबाट जिटुजीमा पाँच वर्षका लागि रासायनिक मल खरिद गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ।

आज सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा जिटुजी व्यवस्थामा रहेर आगामी पाँच वर्षका लागि नेपाललाई रासायनिय मल दिन भारतसँग समझदारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

पहिलो वर्ष एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डिएपी मल भारतले नेपाललाई दिने सम्झौतामा उल्लेख छ।

नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास डा. गोविन्दप्रसाद शर्मा र भारतका तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्