Kathmandu Press

सरकारलाई निर्वाचन आयोगकाे २४ बुँदे निर्देशन

सरकारलाई निर्वाचन आयोगकाे २४ बुँदे निर्देशन

काठमाडौं, फागुन १६ : निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि आवश्यक तयारीका लागि सरकारलाई २४ बुँदे निर्देशन दिएको छ।

सोमबार आयोगले पत्रकार सम्मेलन गर्दै आवश्यक कर्मचारीको व्यवस्थाका साथै सुरक्षा लगायतका २४ बुँदे निर्देशन दिएको जानकारी दिएको हो। चैत १५ अघि नै संघ, प्रदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै चैत १५ अगावै कर्मचारीको सरुवा, पदस्थापन भएका कर्मचारीलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा खटाउन वा सरुवा नगर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ। स्थानीय तहमा रिक्त प्रमुख प्रशासकीय अधिकृतको सरुवा र पदस्थाप पनि चैत १५ अघि नै गर्न निर्देशन दिएको उहाले बताए।

त्यस्तै त्यस्तै आयोगले मत्रपत्र छपाईका लागि आवश्यक पर्ने ७ सय मेट्रिक टन कागज खरिदका लागि सम्झौता गरेको प्रवक्ता पौडेलले जानकारी दिए।

स्थानीय निर्वाचन प्रयोजनका लागि हालसम्म ८० वटा दलले दर्ता गराएको आयोगले जनाएको छ।

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्