एमसिसी पारित भएसँगै सबै भ्रमको अन्त्य भएकाे छ : डा. महत
काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएसँगै यसबाट उत्पन्न भ्रमको अन्त्य भएको बताएको छ।आज (सोमबार) पार्टी कार्यालय सानेपामा आयोजित...
काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएसँगै यसबाट उत्पन्न भ्रमको अन्त्य भएको बताएको छ।
आज (सोमबार) पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘एमसिसी संसदबाट अनुमोदन भएपछि त्यसमा रहेका भ्रम र अन्योल हटेको छ। औपचारिक सहभागिता नभए पनि एमाले सहभागी भएको बुझेका छौं। पार्टी सभापतिको सुझबुझ, धैर्यका कारण एमसिसी अनुमोदन सम्भव भएको हो।’
एमसिसी अनुमोदनले कांग्रेसको निर्णय परिपक्व हुन्छ र कांग्रेस आफ्नो निर्णयमा अडिग रहन्छ भन्ने छाप नागरिकमा परेको उनले दाबी गरे।
एमसिसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको उनले दाबी गरे। ‘हाम्रो बुझाइ र अमेरिका बुझाइमा समानता छ। योसँगै विकासमा नयाँ अध्याय प्रारम्भ भएको छ,’ उनले भने।
प्रकाशित मिति: १७:२४ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)