Kathmandu Press

युरोपेली संघको सदस्यता दिन युक्रेनको फेरि माग

किभ, फागुन १६ :  रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ।  युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल...
युरोपेली संघको सदस्यता दिन युक्रेनको फेरि माग

किभ, फागुन १६ :  रुससँग युद्ध गरिरहेको युक्रेनले युरोपेली संघको सदस्यता दिन सोमबार फेरि माग गरेको छ।  युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई तत्काल युरोपियन युनियनको सदस्यता दिन फेरि माग गर्नु भएको हो।

नयाँ भिडियो सन्देशमा उहाँले युरोपेली संघका अन्य देश र आफ्नो देशको भावना मिल्ने भएकाले संघको सदस्यता पाउनु पर्ने उल्ल]ख गरेका छन्। रुसले आक्रमण गरेको पाँचौ दिनमा उहाँले रुससँग लड्नका लागि आफूलाई सजिलो हुने र सहयोग लिन पनि सजिलो हुने भएकाले सदस्य बन्न चाहेको बताए।

उनले भिडियो सन्देशमा भनेका छन्, 'अहिले हामीलाई तत्काल युरोपेली संघको सदस्य बनाउनु र मिल्ने सम्मको सबै सहयोग गर्नु, हामीलाई सहयोगको खाँचो छ।'

अहिले सबै कुराको छलफल गर्न सम्भव नभएको र आफूहरु निकै अप्ठेरो अवस्थामा रहेको पनि ४४ वर्षीय राष्ट्रपति जेलिन्स्किले सन्देशमा उल्लेख गरेको छ। युरोपेली सबै देशसँग आफू मिलेर काम गर्न र सँगसगै रहन चाहेकोमा उहाँले जोड दिनु भएको छ।

प्रकाशित मिति: १७:०० बजे, सोमबार, फागुन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्