देशभरि थपिए १८० कोरोना संक्रमित, एकजनाको मृत्यु
काठमाडाैं, फागुन १६ : नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार २ सय १८ पिसिआर परिक्षणका क्रममा...
काठमाडाैं, फागुन १६ : नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ५ हजार २ सय १८ पिसिआर परिक्षणका क्रममा १ सय १९ जना र ३ हजार १ सय २३ एन्टीजेन परिक्षणका क्रममा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
त्यस्तै थप चार सय संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन्।
हाल नेपालमा ८ हजार २ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४२ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)