Kathmandu Press

एमसिसी अनुमोदन भएसँगै देश दुर्घटनाबाट बचेको छ, खुसी छु : प्रचण्ड 

एमसिसीकै  कारण देशका राजनीतिक दलहरुलमा फेरि विभाजन हुने, संविधानमाथि निर्मम प्रहार हुने, जनता विभाजित हुने खतरा अन्त्य भएको उनले बताए।
एमसिसी अनुमोदन भएसँगै देश दुर्घटनाबाट बचेको छ, खुसी छु : प्रचण्ड 

काठमाडौं, फागुन १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर दुर्घटनाबाट बँचेको बताएका छन्। खुमलटारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसिसी संसदबाट अनुमोदन भएसँगै संविधान र लोकतन्त्र बँचेको बताएका हुन्। 

उनले पार्टीले राख्दै आएको अडानमै रहेर एमसिसी अनुमोदन भएको दाबी गरेका छन्। पार्टीले यथास्थितीमा एमसिसी अनुमोदन गर्न नसकिने बताउँदै आएको र सोही अनुरुप आइतबार व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गरेको बताएका छन्। 

एमसिसीकै  कारण देशका राजनीतिक दलहरुलमा फेरि विभाजन हुने, संविधानमाथि निर्मम प्रहार हुने, जनता विभाजित हुने खतरा अन्त्य भएको उनले बताए। ‘राष्ट्र फेरि एकतावद्ध भएको छ, जनता विभाजित हुनबाट जोगिएको छ,’ उनले भने। 

प्रतिगमनविरुद्ध संगै लडेका दलहरु विभाजन हुँदा प्रतिगमनकारीले पुनः ठाउँ पार्ने र यसले राष्ट्रका धेरै उपलब्धीहरु उल्टिन सक्ने खतरा पैदा हुनसक्ने बताउँदै तत्कालका लागि सो खतरा टरेको बताएका छन्। 

उनले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएपछि आफू खुशी भएको पनि बताए। अन्य दलहरुले व्याख्यात्मक घोषणालाई खोष्टोको संज्ञा दिएपनि वास्तविकतामा भने ठूलो अर्थ राख्ने बताएका छन्। नेपालको संसदबाट भएको व्याख्यात्मक घोषणालाई अमेरिकाको संसदले पनि मान्नु पर्ने र नमानेको अवस्थामा एमसिसी खारेज हुने उनले बताए। 

प्रकाशित मिति: १६:२० बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्