Kathmandu Press

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग
रुससँगको वार्ताका क्रममा युक्रेनका दुई माग

किभ, फागुन १६ : युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ।

बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने ;र्त राखेको हो । 

युक्रेनले दुई शर्त राखेपछि वार्ताले सकारात्मक मोड लिने संभावना कम रहेको अधिकारीहरुले जनाएका छन्। युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले भने यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनु भएको थियो। उनले विश्वास नभएपनि वार्ताका लागि टोली भने पठाएको जानकारी दिनु भएको थियो। 

रुसले युक्रेनमाथी आक्रमण गरेको पाँचौं दिनमा वार्ता भएको हो । वार्ता युक्रेनसँगको सीमाक्षेत्रमा पर्ने बेलारुसको एक ठाउँमा भएको हो। रुसले वार्ताका लागि राखेको पहिलो प्रस्तावलाई युक्रेनले अस्विकार गरेपछि रुसले आक्रमण अझ बढाएको थियो। रुसी सेनाले युक्रेनमा अहिले पनि आक्रमण जारी राखेका छन्।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, फागुन १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्