Kathmandu Press

प्रचण्डको स्पष्टिकरण : कसैलाई झुक्याउने, ठग्ने मनशाय थिएन  

राजनीतिक दलहरुले एमसिसीलाई हतियार बनाएर नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने खेल सुरु गरेको बताउँदै उनले ब्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएपछि नेपालको संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन्। 
प्रचण्डको स्पष्टिकरण : कसैलाई झुक्याउने, ठग्ने मनशाय थिएन  

काठमाडौं, फागुन १६ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसैलाई झुक्याउनु र ठग्नु आफ्नो मनशाय नरहेको बताएका छन्। खुमलटारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष प्रचण्डले एमसिसी सम्झौता रआफ्नो अभिव्यक्ति र विचारलाई विद्रुपीकरण गरेको बताएका छन्।

उनले एमसिसीलाइ लेखेको पत्रका विषयमा आफूलाई द्वेध चरित्र, डिलर जस्ता उपनाम दिइएपनि ती सबै प्रयासहरु राष्ट्रिय सहमति जुटाउनका लागि गरिएको प्रष्ट पारेका छन्। 

उक्त पत्रमा आफूले एमसिसी देशको स्वाधिनतासँग जोडिएका हुनाले राष्ट्रिय सहमति बाटै पास गर्नुपर्ने र राष्ट्रिय सहमति जुटाउनका लागि दलहरुबीच छलफल चलिरहेकाले थप समय आवश्यक रहेन उल्लेख गरिएकोमा बंग्याएर आफूमाथि अनेक लाञ्छना लगाइएको बताए। 

एमसिसीको सम्बन्धमा राष्ट्रिय सहमति जुटाउने आफ्नो प्रयास असफल भएपछि एमसिसीकै कारण देशलाई संकटबाट बचाउन व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरिएको उनले बताएका छन्। 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसिसीलाई आर्थिक सहायताको रुपमा मात्र अनुमोदन गर्नेगरी पारित गरिएपनि आफूमाथि अनेक किसिमका लाञ्छना लगाइएकोप्रति दुख व्यक्त गरे। 

राजनीतिक दलहरुले एमसिसीलाई हतियार बनाएर नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गर्ने खेल सुरु गरेको बताउँदै उनले ब्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन भएपछि नेपालको संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन्। 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्