Kathmandu Press

‘नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो’

मार्तडी, फागुन १६ : सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। गृह...
‘नीतिनियम कार्यान्वय गर्ने प्रमुख निकाय नै कर्मचारी संयन्त्र हो’

मार्तडी, फागुन १६ : सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सरकारी सेवामा रहेका निजामती कर्मचारीले नागरिकलाई निष्पक्ष र तटस्थ रहेर सेवा दिन निर्देशन दिएका छन्। 

गृह जिल्ला भ्रमणका क्रममा सदरमुकाम मार्तडीमा कर्मचारी मिलन केन्द्रले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले विगतमा कर्मचारीले राजनीतिक दबाबका आधारमा जनताको सेवा प्रवाह गर्ने प्रवृत्ति भएको बताए। 

तीन दिनदेखि गृह जिल्लामा रहेका प्रदेश प्रमुख जोशीले राजनीतिक दबाबभन्दा पनि नागरिकलाई दिने कार्यालयका सेवा सहजरुपमा प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनले कर्मचारीको सरकारका नीति तथा कार्यक्रम कार्यान्वयमा महत्वपूर्ण भूमिका रहेको बताए। प्रदेश र संघ सरकारले बनाएका नीति तथा ऐन सहज रूपमा नागरिकसम्म पु¥याउन कर्मचारीले इमान्दारिता देखाउनुपर्नेमा प्रदेश प्रमुख जोशी जोड थियो। 

कर्मचारी संयन्त्र स्थायी भएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारले बनेका नीति नियम, नियमावली र ऐन, कानूनबमोजिम सञ्चालित हुने भएकाले कार्यान्वयमा गर्नुपर्ने प्रमुख जोशीले आग्रह गरे।  

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्