Kathmandu Press

दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु

दार एस सलाम, फागुन १६ : तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ।साथै अन्य १४ जना...
दक्षिणी तान्जानियामा चट्याङ लागेर सात किसानको मृत्यु

दार एस सलाम, फागुन १६ : तान्जानियाको दक्षिणी उच्च पहाडी क्षेत्रमा रुक्वामा शनिबार चट्याङ लागेर कम्तीमा सात किसानको मृत्यु भएको छ।

साथै अन्य १४ जना घाइते भएका प्रहरीले आइतबार जनाएको छ। रुक्वाका क्षेत्रीय प्रहरी प्रमुख विलियम मवाम्पघाले स्थानीय समयानुसार शनिबार दिउँसो ३ बजेको समयमा भीषण वर्षासँगै आएको चट्याङले ङ्कसी जिल्लाको लुवा गाउँमा पाँच किसानको ज्यान गएको बताएका छन्। 

आफ्नो खेत रोप्ने क्रममा चट्याङ लागेर पाँच जना किसानको मृत्यु भएको एक पत्रकार सम्मेलनमा मवाम्पघालेले बताएका छन्। किसानहरुको एक समूहले आश्रय लिएका झुपडीमा चट्याङ लागेर अन्य १४ जना घाइते भएका छन्।

अर्को छुट्टै घटनामा शनिबार साँझ सोही गाउँमा खेतबारी गर्ने क्रममा चट्याङ लागेर एक पुरुष र उनको छोराको मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्।

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्