Kathmandu Press

चितुवाको छाला सहित तीनजना पक्राउ

बाँके, फागुन १६ : बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत तीनजनालाई दुर्लभ वन्यजन्तु चितुवाको एक थान छालासहित आइतबार दिउँसो प्रहरीले...
चितुवाको छाला सहित तीनजना पक्राउ

बाँके, फागुन १६ : बैजनाथ गाउँपालिका–५ गायत्री टोल बस्ने २८ वर्षीय याम बहादुर बिश्वकर्मा समेत तीनजनालाई दुर्लभ वन्यजन्तु चितुवाको एक थान छालासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा चितुवाको छाला ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो।      

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्