तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
दाङ, फागुन १६ : घोराही उपमहानगरपालिका–४ बेलुवा बस्ने बसन्त सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सुवेदी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको...
दाङ, फागुन १६ : घोराही उपमहानगरपालिका–४ बेलुवा बस्ने बसन्त सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सुवेदी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी गोग्ली र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलई नगद १ लाख २५ हजार ९ सय २० रूपैयाँ, १ बुक तास र ५ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)