Kathmandu Press

संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल युनिटले निष्क्रिय पारेकाे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिएका छन्। 
संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

काठमाडौं, फागुन १६ : नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। सोमबार बिहान संसद भवन अगाडिको मुख्य सडकमा ‘नो एमसिसी’ लेखिएको प्रेसर कुकर बमजस्तो शंकास्पद वस्तु भेटिएको थियो। 

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल युनिटले निष्क्रिय पारेकाे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिएका छन्।

No description available.

उक्त वस्तु होक्स हुनसक्ने एसपी राठौरले बताएका छन्। ‘निष्क्रिय पारेर उहाँहरुले नै लैजानुभएको छ,’ एसपी राठौरले काठमाडौं प्रेससँग भने। 

No description available.

शंकास्पद वस्तु निष्क्रिय भएसँगै बानेश्वर क्षेत्रमा सवारी आवागमन सुचारु गरिएको छ। ‘अहिले त्यस क्षेत्रको अवस्था सामान्य छ, प्रहरीले घटनाको अनुसन्धान गर्दै छ,’ एसपी राठौरले भने। 

प्रकाशित मिति: १३:०९ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्