Kathmandu Press

प्रचण्डले दिउँसो तीन बजे पत्रकार सम्मेलन गर्ने 

काठमाडौं, फागुन १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन्। आज दिउँसो तीन बजे प्रचण्डले पत्रकारहरुलाई खुमलटार बोलाएका हुन्। एमसिसीका विषयमा...
प्रचण्डले दिउँसो तीन बजे पत्रकार सम्मेलन गर्ने 

काठमाडौं, फागुन १६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन गर्दैछन्। आज दिउँसो तीन बजे प्रचण्डले पत्रकारहरुलाई खुमलटार बोलाएका हुन्। 

एमसिसीका विषयमा द्वेध चरित्र देखाएको भन्दै प्रचण्डको चर्को आलोचना भएपछि उनले पत्रकार सम्मेलन गरि प्रष्ट पार्न लागेका हुन्। 

प्रचण्डले एमसिसी पारित गरेर राष्ट्रघाती काम गरेको भन्दै माओवादी केन्द्रका विभिन्न नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्यागको घोषणा गर्ने क्रम शुरु भएको छ। 

माओवादी केन्द्रले सुरुवातमा एमसिसीको विपक्षमा रहेको बताउँदै आएपनि संसदमा टेबल गर्न भने सहमत भएको थियो। टेबल भएपछि विपक्षमा मतदान गर्ने भनिएपनि व्याख्यात्मक घोषणा सहित पक्षमा उभिएको थियो। 

एमसिसी, समसामयिक राजनीतिक अवस्था र स्थानीय निर्वाचन र पार्टीका बारेमा जानकारी दिनका लागि प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्