Kathmandu Press

युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

ब्रसेल्स, फागुन १६ : युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ। युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो...
युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध

ब्रसेल्स, फागुन १६ : युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ। युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन्।

उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। उनले भन्नुभएको छ, हामीले रुसका सबै प्रकारका उडान, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौं।

Hardik ivf

रुसी सैनिक अपरेसनका कारण धेरै विमान एडेका र ती विमान युक्रेनमा हमला गर्न पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएका हुन्। रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन्।

राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ ।यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ।

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्