Kathmandu Press

संसद भवनअगाडि शंकास्पद वस्तु भेटियो

प्रेसर कुकरमा नो एमसिसी लेखिएको शंकास्पद वस्तु सडकको बीच भागमा भेटिएको हो। 
संसद भवनअगाडि शंकास्पद वस्तु भेटियो

काठमाडौं, फागुन १६ : नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु भेटिएको छ। प्रेसर कुकरमा नो एमसिसी लेखिएको शंकास्पद वस्तु सडकको बीच भागमा भेटिएको हो। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले संसद भवन अगाडिको मुख्य सडकमा कुकर बमजस्तो शंकास्पद वस्तु भेटिएको जानकारी दिएका छन्।

No description available.

शंकास्पद वस्तु देखिएपछि सो रुटमा चल्ने सवारी साधनलाई वानेश्वर चोकअगाडि रोकिएको छ। कोटेश्वरबाट बानेश्वर हुँदै चलेका सवारी साधनहरुलाई रोक लगाइएको छ। 

शंकास्पद वस्तु निष्क्रिय गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको एसपी राठौरले जानकारी दिएका छन्। 

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्