Kathmandu Press

आन्दोलनमा संयमता अपनाएकोमा गृहमन्त्रीले दिए धन्यवाद

आन्दोलनमा संयमता अपनाएकोमा गृहमन्त्रीले दिए धन्यवाद

काठमाडौं, फागुन १६ : गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना  सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाएकोमा सबैलाई धन्यवाद दिएका छन्।

उनले संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्।

गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल, काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख अधिकारी क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखलाई आइतबार राति टेलिफोन गरेर धन्यवाद व्यक्त दिएको प्रेस संयोजनक मधुसुधन भट्टराईले जानकारी दिए।

उनले सुरक्षाकर्मी घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा पनि गरेका छन्। 'एमसीसीबारे भएको आन्दोलनमा संयमता अपनाएर नागरिकलाई सुरक्षा प्रदान गरेको, आन्दोलनमा आएकाह उत्तेजित हुँदासमेत संयम भएर सुरक्षा दिएकोमा धन्यवाद दिनुभएको हो,' गृहमन्त्रालयका प्रवक्तासमेत रहनुभएका सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव पोखरेलले बताए।

गृहमन्त्री खाँणले आन्दोलनका क्रममा घाइते भएका सुरक्षाकर्मी र आन्दोलनकारीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, फागुन १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्