प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं, फागुन १६ : पश्चिमी वायुको प्रभावले आज प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। अन्य भागमा भने मौसम सफा रहने जनाइएको छ।
आज बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै, आज राति भने देशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। अन्य भूभागमा मौसम सामान्यतः सफा रहनेछ।
प्रकाशित मिति: ०७:०९ बजे, सोमबार, फागुन १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)