वडा अध्यक्षसँग घुस लिने मेयर अख्तियारको फन्दामा
काठमाडौं, फागुन १५ : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् । नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस...
काठमाडौं, फागुन १५ : रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् ।
नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । पटेल दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अपक्राउ परेका हुन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अख्तियारको टोलीले मेयर पटेललाई पक्राउ गरेको तर विस्तृत विवरण आइनसकेको काठमाडौं प्रेसलाई बताए ।
मेयर पटेल, उनका स्वकीय सचिव लगायत चारजनालाई पक्राउ गरिएको हो ।
प्रकाशित मिति: १९:३७ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)