Kathmandu Press

सदन र सडकमा उठेका प्रश्नहरुको जवाफ व्याख्यात्मक घोषणामा समेटिन्छ : अर्थमन्त्री शर्मा

सदन र सडकमा उठेका प्रश्नहरुको जवाफ व्याख्यात्मक घोषणामा समेटिन्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, फागुन १५ : अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि उठेको प्रश्नलाई ध्यानमा राखेर व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका छन्।

आजको प्रतिनिधिसभामा एमसिसीमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले बोलिसकेपछि उनले व्याख्यात्मक घोषणाको प्रस्ताव ल्याउने बताएका हुन्। 

नेपाल सरकार र एमसिसीबीच भएको सम्झौतामाथि संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए। एमसिसी सम्झौताका सन्दर्भमा सदन र सडकमा उठेका प्रश्नहरुको जवाफ सरकारको व्याख्यात्मक घोषणामा समेटिने उनको भनाइ थियो।

संविधानभन्दा गएर सरकारले कुनै पनि सरकारले कुनै सम्झौता नगर्ने उनले बताए। उनले सबै देशसँग असंलग्न परराष्ट्र नीतिअन्र्तगत सहमति हुने भएकाले एमसिसी पनि त्यस्तै भएको उनको भनाइ थियो।

सैन्य रणनीति, बौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनतालगायत विषय महत्वपूर्ण रहेको र त्यसप्रति सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

उनले विकासका लागि गरिने सम्झौताको आफ्नै मूल्य र मान्यता हुने पनि बताए।  

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्