एमसिसी सम्झौता गर्ने नेपाल एक्लो देश हाेइन : रिजाल

काठमाडाैं, फागुन १५ : कांग्रेस नेता डा. मीनेन्द्र रिजालले व्याख्यात्मक टिप्पणीले एमसीसी सम्झौताको मूल मर्ममा कुनै असर नपर्ने बताए।
प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सुरु भएको छलफलमा भाग लिँदै उनले नेपाल एमसिसी सम्झौता गर्ने एक्लो देश नभएको भन्दै विकासका लागि सबै मित्रराष्ट्रहरूको सहयोग स्वीकार गर्नुपर्नेमा जोड दिए।
त्यस्तै उनले प्रमुख प्रतिपक्षी एमालेलाई संसदको गतिरोध अन्त्य गर्न र जिम्मेवाररूपमा प्रस्तुत हुनसमेत आग्रह गरे। उनले एमसिसी मात्रै नभएर बिआरआइबाट पनि सहयोग लिएर नेपालकाे विकास गर्नुपर्ने बताए।
प्रकाशित मिति: १८:१६ बजे, आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![बाढीपछिको धादिङ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/ssss-1787835142.jpg)


![बाढीपछि धादिङको गल्छी क्षेत्र, भयावह र तहसनहस अवस्थामा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9_198523cc-1787833572.jpg)